प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा राजनीतिक र कानुनी परामर्श | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा राजनीतिक र कानुनी परामर्श

sadan

काठमाडौं, ९ बैशाख । प्रतिनिधिसभा नियमावली मस्यौदा निर्माणको अन्तिम गृहकार्यमा रहेको नियमावली मस्यौदा समितिले राजनीतिक तथा कानुनी परामर्श लिएको छ । समितिले आइतबार राजनीतिक दलका प्रमुख सचेतकहरु र महान्यायाधिवक्ताको कार्यालयसँग आवश्यक राजनीतिक तथा कानुनी परामर्श लिएको हो ।

बैठकले २ तिहाई बहुमतबाट पारित गर्ने विषय संघीय संसद अन्तरगतको दुवै सदनको छुट्टाछुट्टै बैठकले पारित गर्ने निष्कर्ष पनि निकालेको छ । तर, प्रतिनिधिसभामा रहने समितिको संख्याका विषयमा भने सहमति जुट्न सकेको छैन । समितिले फौजदारी अभियोग लागेर जेल चलान भएका सांसदलाई निलम्बन गर्ने निर्णय गरिसकेको छ ।