काँग्रेस केन्द्रिय कार्य समितिको बैठक पुनः सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काँग्रेस केन्द्रिय कार्य समितिको बैठक पुनः सुरु

congress

काठमाडौं, ९ बैशाख । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक पुनः सुरु भएको छ । नेता खुमबहादुर खड्काको निधनपछि स्थगित गरिएको बैठक आईतबारबाट पुनः सुरु भएको हो ।

पूर्व निर्धारित चुनावको समग्र समिक्षालगायतका एजेन्डामै केन्द्रित रहेर बैठक सुरु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले बैठकमा पार्टी पदाधिकारी चयनको प्रस्ताव भने पेश नहुने पनि स्पष्ट पारे । निर्वाचनको समग्र समिक्षा गर्दै पार्टीलाई एकतावद्ध भएको सन्देश दिनेगरी चालू केन्द्रिय कार्य समिति बैठक सम्पन्न हुने प्रवक्ता शर्माको भनाई छ ।

आजको बैठकमा पनि नेताहरुले शान्ति, संविधान निर्माण र यसको कार्यान्वयनको नेतृत्व लिएको पार्टीले निर्वाचनमा हार्नु पर्नाका कारणको खोजी गर्नुपर्नेमा जोड दिएका थिए । पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय समितिको आजको बैठकको सरुमा नेताहरु कुलबहादुर गुरुङ, देवेन्द्रराज कँडल र प्रदिप पौडेलले बोलेका थिए ।

चैत्र ९ गते निर्वाचनको समिक्षा गर्ने मूल एजेन्डामा केन्द्रित भएर काँग्रेस केन्द्रिय कार्य समितिको बैठक सुरु भएको थियो । त्यसबीचका पार्टी नेता एवम् पूर्व मन्त्री खड्काको निधनपछि पार्टीको बैठक स्थगित भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);