केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

kp oli

काठमाडौं, २ फागुन । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।  ललितपुरको मानभवनमा बसेको एमाले स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

संसदीय दलको नेताको रुपमा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम राष्ट्रपति समक्ष पेश गरे लगत्तै ओली नेतृत्वमा सरकार गठनका लागि दावी पेश गर्ने ओली र दाहालबीच सहमति भएको छ । एमाले स्थायी समिति बैठक अघि ओली र दाहालबीच ‘वान टु वान’ वार्ता भएको थियो ।

सोही सहमति अनुसार एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत छ ।

दुवै पार्टीबीचको एकताको खाकालाई अन्तिम रुप पनि आजै दिने गरी आन्तरिक छलफल गरिएको छ । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच संयुक्त नेतृत्व प्रणालीमा जाने गरी पार्टी एकता गर्ने सहमति भईसकेको छ । सोही सहमतिलाई पार्टी एकता संयोजन समितिबाट अनुमोदन गराइने एमाले नेता पाण्डेले जानकारी दिए ।

त्यस्तै बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल र अध्यक्ष ओली आलापालो प्रधानमन्त्री र अध्यक्ष बन्ने निर्णय पनि गरेको छ । एमाले र माओवादीबीच पार्टी एकता अन्तिम चरणमा पुगेको नेताहरुले दाबी गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);