नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया सहमति नजिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया सहमति नजिक

oli-prachanda

काठमाडौं, ९ बैशाख । पार्टी एकताको प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र सहमतिको नजिक पुगेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीन दिनदेखिको लगातारको वार्तापछि पार्टी एकताको खाकामा सहमतिको नजिक पुगेका हुन् ।

यद्यपि, ओली र दाहालबीच भएको वार्ताको प्रगति सार्वजनिक गरिएको छैन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर दुई पार्टीले आज काठमाडौंमा संयुक्तरुपमा गर्न लागेको कार्यक्रममा ओली र दाहालले पार्टी एकताबारे कार्यकर्तालाई आश्वस्त पार्ने नेताहरुले बताएका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभागृहमा कार्यक्रम राखेका छन् ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ओली र दाहाल दुवैले कार्यक्रममा एकताको खाका सुनाउने बताए । पार्टी एकता संयोजन समिति अन्र्तगतका दुई कार्यदलले यसअघि कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन आज पार्टी एकताको घोषणा गर्न सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);