एमाले र माओवादी केन्द्रबीच संयुक्त नेतृत्वमा पार्टी सञ्चालन गर्ने सहमति, | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एमाले र माओवादी केन्द्रबीच संयुक्त नेतृत्वमा पार्टी सञ्चालन गर्ने सहमति,

oli-prachanda

काठमाडौं,३ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले लामो समयदेखि देखिएको नेतृत्व विवादलाई सल्टाउँदै एकीकृत पार्टी संयुक्त नेतृत्वबाट संचालन गर्ने सहमति गरेका छन् ।

ललितपुरको मानभवनस्थित एक व्यवसायीको घरमा भएको एकता संयोजन समितिको बैठकमा एकीकृत पार्टी संयुक्त नेतृत्वबाट संचालन गर्ने सहमति भएको हो । समितिको बैठक पहिले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वान टु वान वार्ता भएको थियो ।

ओली र दाहालबीच पछिल्ला दिनमा लगातार जसो वान टु वान वार्ता भएको थियो । ओली र दाहालबीच दुवैजनाले पार्टीको संयुक्त नेतृत्व गर्ने सहमति भएकामा एकता संयोजन समितिले सहमति अनुमोदन गरेको छ । एकता संयोजन समितिको बैठकमा सहभागी नेताहरुले एकताको दिशामा ९५ प्रतिशत काम सकिएको बताएका छन् । उनीहरुका अनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको छ ।

पार्टीको नीति र तल्लो तहको एकताको खाका बनाउन आज एकता संयोजन समितिको बैठक बसेर कार्यदल गठन गरिने कार्यदलमा रहेका नेताहरुले बताएका छन् । एकीकृत पार्टीको स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति कति सदस्य बनाउने भन्ने विषयमा कार्यदलले गृहकार्य गर्ने बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);