ओली र दाहालबीच डेढघण्टा लामो भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओली र दाहालबीच डेढघण्टा लामो भेटवार्ता

oli-prachanda

काठमाडौं, २४ पुष । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच पार्टी एकता गर्न कार्यदल बनाउने सहमति, एमालेले बोलायो स्थायी समितिको बैठक, एकता संयोजन समितिको बैठक भोलि ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच डेढघण्टा लामो भेटवार्ता भएको छ ।

ओली र दाहालबीच आइतबार साँझ ओली निवास बालकोटमा पार्टी एकताको विषयलाई लिएर डेढघण्टा लामो वार्ता भएको हो । भेटवार्तामा पार्टी एकता प्रक्रिया अगाडि बढाउन कार्यदल बनाउने सहमति भएको छ ।

दुई पार्टीको एकता प्रक्रियालाई जतिसक्दो चाँडो टुंगोमा पु¥याउने तथा वैचारिक र सांगठनिक विषय सल्ट्याउन कार्यदल बनाउने सहमति भएको भेटवार्तापछि माओवादी अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

एकता प्रक्रिया अगाडि बढाउने विषयमा छलफलका लागि भोलि एकता संयोजन समितिको बैठक बोलाइएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि समितिको बैठक बस्न सकेको छैन । समितिको बैठक बस्नु पहिले एमाले र माओवादीले एकता प्रक्रिया बारेमा आज आ आफ्नो दलमा छलफल गर्ने भएका छन् ।

एमालेले अपरान्ह २ बजे पार्टीको स्थायी समितिको बैठक बोलाएको छ । सरकार र पार्टीको नेतृत्वका विषयमा दुई नेताबीच भएको कुराकानी भने वाहिर आएको छैन । दुई नेताबीच वान टु वान वार्ता भएकाले छलफलको विस्तृत कुराकानी वाहिर नआएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);