ओली–दाहाल भेट: यस्तो छ एकता अघि बढाइने कार्यदल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ओली–दाहाल भेट: यस्तो छ एकता अघि बढाइने कार्यदल

oli dahal

काठमाडौं, २४ पुष ।एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक बिषय मिलाउन दुई दलका नेता सम्मिलित सानो कार्यदल बनाउने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफलमा एउटा सानो समूहलाई जिम्मेवारी दिने समझदारी भएको हो । मुल नेतृत्वको बिषयमा दुईपक्षबीच नै कुरा मिलाउनुपर्नेछ ।

त्यस बाहेकका अन्य बिषयमा भने यो कार्यदलले गृहकार्य गर्नेछ । सांगठनिक संरचना र बैचारिक राजनीतिक बिषयमा समझदारी बनाउन छुट्टाछुट्टै कार्यदल बनाउनुपर्ने सुझाव नेताहरुले दिएका थिए । एउटै कार्यदल बनाउने कि दुईटा भन्ने निर्णय हुन बाँकी छ ।,

तीन दिन चितवन बसेर आइतबार स्थलमार्गबाट राजधानी आएका दाहाल साँझ ओली भेट्न बालकोट पुगेका थिए । केही दिनदेखि स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहेका ओलीसंग दाहालले एक घण्टा छलफल गरेका थिए ।यो खबर आजको कान्तिपुरमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);