एमालेको एकता र मदनबहादुर हरिबहादुर सिरियलको ‘‘कुन पैसा’’ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेको एकता र मदनबहादुर हरिबहादुर सिरियलको ‘‘कुन पैसा’’ ?

काठमाडौं । नेकपा एमालेको एकता कहिले टुंगो लागि हाले जस्तो र कहिले भत्किहाले जस्तो देखिन्छ । कहिले कार्यदल बन्छ र कहिले कार्यदल बदर हुन्छ । गएको पुस ५ पछि यो पार्टीले भोग्दै आएको एउटा नियति नै हो ।

एमालेको एकतालाई कुनै बेला चर्चित नेपाली सिररियल मदनबहादुर हरिबहादुरको टेलिसिरियलसंग दाँजेर हेरिएको छ र सिरियल अनुसार माओवादी द्धन्द्धकालमा मदनबहादुले हरिबहादुरलाई तीनलाख रुपैयाँ राख्न दिएको हुन्छ । मदनबहादुर पैसा फिर्ता माग्न हरिबहादुरकोमा पुग्छन् ।

उनले हरिबहादुरलाई भन्छन् – मैले तपाईलाई पैसा राख्नदिएको हो नि? हरिबहादुरले जवाफ दिन्छन् हो? तीनलाख रुपैयाँं दिएको हो नि ? हरिबहादुरले जवाफमा हो भन्छन् । मदबहादुरले फेरि सोध्छन –त्यो पैसा तपाईले दराजमा राख्नु भएको हो नि ? हरिबहादुरले जवाफ दिन्छन् हो? त्यसछि मदनबाहादुरले ल्याउनु न त्यो पैसा भन्दा हरिबहादुरले उल्टै प्रश्न गर्छन–‘‘कुन पैसा’’?

अहिले नेकपा एमालेमा हेर्दा प्रधानमन्त्री केपी ओली पक्ष र माधव नेपाल पक्ष यस्तै अवस्थामा देखिएका छन् । दुबै पक्षछलफल गर्न कार्यदल बनाउँछन् । कार्यदल सहमति नजिक पुग्छ । एकताका लागि दुबै पक्ष तयार देखिन्छन् । दुबै पक्ष आत्मालोचना गर्न तयार हुन्छन् । तर जब व्यवहारमा लौ अब एकता गरौं भन्ने अन्तिम तयारी हुन्छ तब दुबै पक्ष प्रश्न गर्छन्–‘‘कुन एकता?कसको एकता? को–को बीच एकता?’’

सो पार्टीले दुबै पक्षका दोस्रो पक्षका नेताहरु राखेर कार्यदल गठन गरेको थियो ।

कार्यदलले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग अनौपचारिक परामर्श समेत ग¥यो । दुवै नेताको सल्लाह र सुझावका आधारमा कार्यदलले आफ्नो काम अघि बढायो ।

कार्यदलमा अध्यक्ष ओलीतर्फबाट सुवासचन्द्र नेम्वाङ संयोजकत्वमा नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य थिए। त्यस्तै नेता नेपालको तर्फबाट संयोजक भीमबहादुर रावलसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका थिए।

तर अहिले यो कार्यदल हराएको छ । व्यक्तिगत पहलमा छलफल भईरहे पनि एमालेको एकता मदनबहादुर हरिबहादुरको सिरियलको जस्तै ‘‘कुनै पैसा’’मा परिणत हुने पक्का भएको छ।

एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ । ओली र नेपालबीच भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति पनि भएको थियो । तर त्यसको मोडालिटीबारे दुई पक्षबीच कुरा मिल्न सकेन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);