देउवाको सभापतिमा दोहोरिने चाहना, केन्द्रीय नेताहरुको भेटलाई तिव्रता दिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

देउवाको सभापतिमा दोहोरिने चाहना, केन्द्रीय नेताहरुको भेटलाई तिव्रता दिंदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुन सभापति दोहोरिने इच्छा व्यक्त गरेका छन् । शनिबार बिहान देउवा निवास बुढानिलकण्ठमा आयोजित प्रदेश १ का केन्द्रीय सदस्यहरुसंगको छलफलमा सभापति देउवाले पुन :सभापति दोहोरिने इच्छा व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेका लागि काठमाडौंमा हुन लागेको पार्टी महाधिवेशनको कार्यतालिका अनुमोदन गरेसंगै देउवाले आफूनिकटका केन्द्रीय नेताहरुसंगको छलफललाई तिव्रता दिन थालेका हुन् ।

छलफलका क्रममा आफ्नो नेतृत्वमा संविधान कार्यन्वयन भएको भन्दै सभापति देउवाले भने, ‘मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ । ती नेताको भनाई अनुसार सभापति देउवाले पार्टीमा अझै आफूले केहि काम गर्न बाँकी रहेको गुनासो समेत गरेका छन् ।

देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको बताइएको छ । देउवाले अव सवै प्रदेशका नेताहरुसंगको छलफललाई निरन्तरता दिन लागेका छन् ।

देउवासँगको छलफलमा केन्द्रीय सदस्यहरु डा. डीला संग्रौला, सुजाता परियारलगायत ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);