कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाको चर्को आलोचना

congress-meeting

काठमाडौं, ९ पुस । नेपाली कांग्रेसभित्र स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बेहोर्नुपरेको हारको समीक्षा सुरु भएको छ । आजबाट सुरु केन्द्रीय समिति बैठकमा निर्वाचनमा पराजित हुनुपरेका कारण र आगामी योजनाबारे छलफल थालिएको हो ।

कांग्रेसले स्थानीय तह निर्वाचन सुरु भएको ११ महिनापछि निर्वाचन समिक्षा सुरु गरेको हो । दोस्रो चरणको स्थानीय तह निर्वाचन देखि नैं नेतृत्वको चर्को आलोचना सुरु भएपनि सभापति शेरबहादुर देउवाले निर्वाचनको समिक्षाकै लागि बैठक डाकेका थिएनन् ।

अन्य एजेण्डा राखेरै बोलाइएका केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले सभापतिको आलोचना र पार्टीले लिनुपर्ने बाटोका विषयबारे बोलेपनि कतिपय अवस्थामा सभापतिको रुलिङबाट रोकिने गरेका थिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सकिएको चार महिना पछि भने सभापति देउवाले आफैँ निर्वाचन समिक्षाको एजेण्डा राखेर बैठक डाकेका हुन् ।

नेताहरुले सभापति देउवाको कार्यशैलीले कांग्रेसको अस्तित्व सङ्कटमा परेको भन्दै यही केन्द्रीय समितिबाट परिर्वतनको यात्रा प्रारम्भ हुनुपर्ने बताएका छन् । केही युवा नेतासहित नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षीय नेताहरुले चाडै महासमिति बैठक बोलाएर अग्रिम महाधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् ।

शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा तीनजना मात्र नेताले आफ्नो धारणा राखेका छन् । बैठकको सुरुवातमै लिखित धारणा राखेका पूर्वमहामन्त्री समेत रहेका प्रकाशमान सिंहले लज्जास्पद हार बेहोर्नुमा सभापति देउवा र उनको सत्ता महत्वकांक्षा प्रमुख कारण रहेको आरोप लगाएका छन् ।

आठ पृष्ठ लामो लिखित धारणमा पूर्वमहामन्त्री सिंहले सभापतिलाई हार र कांग्रेसको छवि गिराउने सबै दोष थोपरेका छन् । उनले पूर्वसभापति सुशील कोइरालाले निर्वाचन लडेसँगै कांग्रेसको लोकप्रियता सेयर बजारकै शैलिमा ओरालो लागेको भन्दै देउवाले त्यसलाई सुधार्नुको साटो थप गिराउने काम गरेको बताए ।

अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मौखिक धारणा राख्दै सभापतिको कार्यशैलीको चर्को आलोचना गरे । उनले सभापतिको कार्यशैली गुटको रक्षाका लागि मात्र केन्द्रित देखिएको भन्दै त्यही शैली कायम भए गुट मात्र बाँकी रहने तर कांग्रेस सकिने चेतावनी दिए ।

१३औं महाधिवेशनसनमा फरक–फरक समूहबाट चुनाव लडेका पौडेल र सिटौला सभापति देउवाविरुद्ध एक ठाउँमा देखिएका छन् । देउवाको टिम भने त्यसका विरुद्ध एककाकार हुँदै नेतृत्वको बचाउमा लागेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);