एमाले-माओवादी एकता संयोजन समितिको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमाले-माओवादी एकता संयोजन समितिको बैठक जारी

काठमाडौं, २५ पुस । नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक जारी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा दुई पार्टीबाट एकताका लागि वैचारिक–राजनीतिक र सांगठनिक सहमति खोज्न संयुक्त कार्यदल बनाउनेबारे छलफल भइरहेको बुझिएको छ ।

यसअघि आइतबार साँझ ओली निवासमा भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीचको उच्चस्तरीय भेटवार्तापछि आजको एकता संयोजन समितिको बैठकले कार्यदल बनाएर एकता प्रक्रियाअघि बढाउने जिम्मा सोही कार्यदललाई दिने सहमति भएको थियो ।

संयोजन समितिमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल छन् भने माओवादीको तर्फबाट अध्यक्ष दाहालसँगै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);