सरकार समीकरणको विषय एक-दुई दिनभित्रमा टुंगिन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकार समीकरणको विषय एक-दुई दिनभित्रमा टुंगिन्छ : प्रचण्ड

अाइतबार एकता संयोजन समितिको बैठक बस्ने

काठमाडौं, ५ फागुन । एकीकृत पार्टीमा पदीय व्यवस्थापन र सरकार समीकरणको विषय एक–दुई दिनभित्रमा टुंग्याउन एमाले र माओवादी केन्द्रका शीर्ष नेता सहमत भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ओली निवास बालकोटमा भएको वार्तामा यस्तो सहमति भएको हो ।

वार्ता पछि माओवादी अध्यक्ष दाहालले पार्टी एकता र सरकारमा सहभागिता जनाउने विषय एक–दुई दिनभित्रमा टुंग्याउनेगरी छलफल भएको बताए ।

पार्टी एकताको विषयमा थप छलफल गर्न भोली एकता संयोजन समितिको बैठक बस्ने र आवश्यक परे एकता संयोजन समितिको बैठक भन्दा पहिले दुबै पार्टीका अध्यक्ष पुनः वार्तामा बस्ने दाहालले बताए ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न मार्गदर्शक सिद्धान्त लगायत विषयमा विवाद छ । माओवादी केन्द्रले पदीय बाँडफाँड र सरकारमा सहभागिताको विषय प्योकजमै सहमति गर्नुपर्ने अडान लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);