काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारबारे माओवादी केन्द्रसँग सकारात्मक छलफल भइरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई शुभकामना दिन पार्टी कार्यालय पुगेका संघ संस्थाका प्रतिनिधिसँग प्रधानमन्त्री ओलीले सरकार विस्तारबारे माओवादी केन्द्रसँग सकारात्मक छलफल भइरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीलाई बधाइ दिन पार्टी कार्यलयमा नेता कार्यकर्ताको भिड लागेको छ ।




