पार्टी एकता र सरकार बिस्तार प्याकेजमै टुंग्याउन ओली-प्रचण्ड सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टी एकता र सरकार बिस्तार प्याकेजमै टुंग्याउन ओली-प्रचण्ड सहमत

oli parachanda

काठमाडौं, ५ फागुन । एकीकृत पार्टीमा पदीय व्यवस्थापन र सरकार समीकरणको विषय एक–दुई दिनभित्रमा टुंग्याउन एमाले र माओवादी केन्द्रका शीर्ष नेता सहमत भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ओली निवास बालकोटमा भएको वार्तामा यस्तो सहमति भएको हो ।

वार्ता पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकारमा सहभागिता जनाउने विषय एक–दुई दिनभित्रमा टुंग्याउनेगरी छलफल भएको बताए ।

पार्टी एकताको विषयमा थप छलफल गर्न भोली एकता संयोजन समितिको बैठक बस्ने र आवश्यक परे एकता संयोजन समितिको बैठक भन्दा पहिले दुबै पार्टीका अध्यक्ष पुनः वार्तामा बस्ने सहमति भएको प्रचण्डले बताए ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न मार्गदर्शक सिद्धान्त लगायत विषयमा विवाद छ । माओवादी केन्द्रले पदीय बाँडफाँड र सरकारमा सहभागिताको विषय प्योकजमै सहमति गर्नुपर्ने अडान लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);