बालकोटमा ओली-प्रचण्डले डेढ घण्टा के कुरा गरे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालकोटमा ओली-प्रचण्डले डेढ घण्टा के कुरा गरे ?

काठमाडौं, १२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता सम्पन्न भएको छ ।

सरकार गठन, पार्टी एकतालगायतका विषयमा गहन छलफल हुन नसकेको भन्दै आलोचना भईरहेका बेला बाम गठबन्धनका शीर्ष नेताद्धय ओली र दाहालबीच बुधबार दिउँसो भेटवार्ता भएको हो ।

ओली निवास बालकोटमा करिव डेढ घण्टा भएको भेटवार्तामा दुवै नेताले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका थिए ।

ओली र दाहाल दुवै नेताले सरकार गठनका लागि प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्नुपर्नेमा जोड दिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । बैठकमा दुवै नेताहरुबीच थप छलफल गरी पार्टी एकता संयोजन समितिको बैठक बोलाउने विषयमा सहमति पनि भएको छ ।

पार्टी एकता संयोजन समितिको बैठक बोलाउने

भोलीसम्ममा पार्टी एकता संयोजन समितिको बैठक बोलाउने विषयमा पनि नेताहरुबीच छलफल भएको अधिकारीले बताए । ओली र दाहालबीच पुनः छलफल गरी पार्टी एकतासम्बन्धि ठोस एजेन्डा तय गर्ने योजना पनि बनाइएको छ । ओली र दाहालले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा देखिएको समस्या समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले गृह जिल्ला चितवनमा अलमल गरेपछि ३ दिनयता सरकार निर्माण, पार्टी एकता लगायतका विषयमा ओलीसँग छलफल हुन सकेको थिएन ।

एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढाउने सहमति भएपनि त्यसलाई कार्यान्वयनमा लैजान अलमल भईरहेको भन्दै दुवै पार्टी भित्र आलोचना भईरहेको छ । दुवै पार्टीका दोस्रो तहका नेताहरुले पार्टी एकता विरोधी गतिविधि गर्ने पार्टी नेता समाप्त भएर जाने चेतावनी समेत दिँदै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);