प्रदेश ७ का मुख्यमन्त्रीको शपथ आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

प्रदेश ७ का मुख्यमन्त्रीको शपथ आज

trilochan bhatta

धनगढी, ५ फागुन । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको आज शपथग्रहण हुँदैछ । भट्टलाई प्रदेश नम्बर सातको प्रदेश प्रमुख मोहनराज मल्लले आज दिउँसो ३ बजे पद तथा गोपनियताको सपथग्रहण गराउने तयारी गरेका छन् ।

भट्ट बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई ३५ जना सांसदहरुको समर्थन छ । मुख्यमन्त्रीको शपथलगत्तै सरकार विस्तार गर्ने तयारी गरिएको छ । प्रदेशमा रहने ७ मन्त्रालयमध्ये एमालेले ५ र माओवादीले २ लिनेगरी भागबण्डा भइसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);