संकटमा पर्दै प्रदेश १ : मुख्यमन्त्री आचार्यको पद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संकटमा पर्दै प्रदेश १ : मुख्यमन्त्री आचार्यको पद

विराटनगर । नेकपा (एस) मा जाने सासंदले आज निर्वाचन आयोगमा सनाखत गर्दै

प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यको पद संकटमा पर्ने देखिएको छ । प्रदेश–१ मा नेकपा एमाले छोडेर नेकपा (एस) मा जाने सांसदहरुले बुधबार निर्वाचन ओयोगको कार्यालयमा गएर सनाखत गर्ने तयारी गरेका छन् ।

हाल सम्म १० जना सासंद खुलेरै नेकपा (एस) मा देखिन्छन् भने यो संख्या १२ पुग्ने नेकपा (एस) का एक नेताले दाबी गरेका छन् ।

नेकपा (एस) मा १० भन्दा बढि सासंदले सनाखत गर्ने वित्तिकै मुख्यमन्त्रीको पद संकटमा पर्नेछ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, काँग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १/१ जना छन् ।

निर्वाचन आयोगमा नेकपा (एस) को जनाखतका लागि माधव पक्षका नेता केहि दिन देखी विराटनगरको एक होटलमा सामूहिक छलफलमा जुटेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);