लुम्बिनी प्रदेश सभामा नेकपा (एस) रोज्ने सांसद रमा घर्ती मगर १ जना मात्रै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

लुम्बिनी प्रदेश सभामा नेकपा (एस) रोज्ने सांसद रमा घर्ती मगर १ जना मात्रै

दाङ । लुम्बिनी प्रदेशसभामा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी कमजोर देखिएको छ ।

झण्डै शून्य अवस्थामा रहेको नेकपा (एस)लाई पाल्पाकी एक समानुपातिक सांसदले इज्जत जोगाइदिएकी छन् ।

प्रभावशासली नेता सबै एमालेमै रहेको लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रमा घर्ती मगरले मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङमा नेकपा (एस) मा सनाखत गरेकी हुन् ।

नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले निर्वाचन कार्यालयमा गएर समाजवादी रोजेकी हुन् । उनी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख मीनराज भट्टराईको रोहवरमा घर्तीको हस्ताक्षर सनाखत भएको निर्वाचन कार्यालयले जनाएको छ । घर्तीले एमालेका अरू केही सांसद पनि एकीकृत समाजवादीमा आउने दाबी गरेकी छन् । उनले आफ्नो दलको लुम्बिनीमा चार दलीय गठबन्धनलाई समर्थन रहने बताइन् ।

८० सदस्यीय प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका ३७ जना सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ । पाँच दलीय गठबन्धसँग ४४ प्रदेशसभा सदस्य पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);