लुम्बिनीको मुख्यमन्त्रीमा कुन पार्टीको सम्भावना कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

लुम्बिनीको मुख्यमन्त्रीमा कुन पार्टीको सम्भावना कति ?

काठमाडौं । केन्द्रीय सत्ता समिकरण फेरिएपछि प्रदेशमा नयाँ सरकारका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार भएको नयाँ गठबन्धन अनुसार धेरै प्रदेशमा एमाले र माओवादीको सरकार बन्ने निश्चित भएको छ ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । बहुमत ल्याउन ४४ सांसद आवश्यक पर्छ । अहिले सरकारमा रहेका दलहरुबाट सांसदहरुको संख्या ५२ पुुगेको छ । जहाँ तीन जना स्वतन्त्र सांसद छन् । स्वतन्त्र सदस्यहरुले गठबन्धनलाई समर्थन गरेमा ५५ जना सांसद पुग्छन् ।

उक्त प्रदेशमा सबैभन्दा धेरै एमालेको २९ जना सांसद छन् । नेपाली कांग्रेसको २७, माओवादीको ९, जनता समाजवादी पार्टीको ३, राप्रपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४ र जनमत पार्टीको ३ जना सांसद गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित भएका हुन् ।

अब कांग्रेसले सरकार बनाउन असम्भव देखिन्छ । कांग्रेस २७, लोसपा ३,नेकपा एस १ र जनमोर्चा १ गरी कुल ३२ सांसद मात्र पुुग्छन्। एमालेबाट दलको नेतामा लीला गिरी, चेतनारायण आचार्य, भुमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठले दाबी गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);