थाहा पाउनुहोस आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

थाहा पाउनुहोस आजको राशिफल

काठमाडौं । ११ पुस २०७९, सोमबार । तद्नुसार डिसेम्बर महिनाको २६ तारिक २०२२ । पौषशुक्लपक्ष चर्तुर्थी, बणिज करण, श्रवण नक्षत्र, हर्षण योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः५२ मा हुनेछ भनेसूर्यास्त ५ः१५ मा । विहान ११ः४४ देखि १२ः१५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । सोमबारको दिन शिवालय र देवालयको यात्रा शुभ हुनेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा कार्य उत्तम हुनेछ । धार्मिक कार्यका लागि दिन शुभ रहेको छ । आजको दिन राजनीतिकसम्बन्धी शुभारम्भ कार्य गर्दा उपयुक्त समय रहेको छ। नयाँ कार्य, नयाँ बस्त्र, कार्यालय र व्यापारको शुरुवातको लागि पनि दिन अति उत्तम रहेको छ ।

आजको राशिफल 

मेष

मेष राशिका जातकको लागि अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट सोचे भन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ त्यसैले ध्यान दिनु होला ।

वृष

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईलाई मान सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ हुनेछ ।

मिथुन

आजको समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ ।

कर्कट

आजको दिन तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानि हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ ।

सिंह ९मा।मि।मु।मे।मो।टा।टि।टु।टे०

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।

 

कन्या

कन्या राशिका जातकका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नक्छि । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ ।

 

तुला

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने संभावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक

आजको दिन विश्चिक राशिका जातकले स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

 

धनु

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ।

 

मकर

तपाईले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । शिवालयको ध्यान साधना गर्नुहोला ।

कुम्भ

मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ ।

 

मीन

मीन राशिका जातकले आजको दिन धनलाभ हुनेछ । चन्द्रमाको साथ रहेको छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुनसक्छ । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सिर्जनात्मक काममा ध्यान दिनुहोला ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);