बाग्मतीमा राप्रपाले पाउला त मुख्यमन्त्री ! | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाग्मतीमा राप्रपाले पाउला त मुख्यमन्त्री !

काठमाडौं । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै सबैभन्दा धेरै सिट जितेर पनि नेपाली कांग्रेसले केन्द्रदेखि सातै प्रदेशसम्म सत्ताबाहिर बस्नुपर्ने देखिएको छ ।

गत आइतबार नेकपा एमालेसहित सात पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले समर्थन गरेका छन् ।

बाग्मती प्रदेश सरकार गठनका लागि चर्चा चलिरहेको बेला राप्रपाले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । बाग्मतीमा कुनै पनि दलको प्रस्ट बहुमत आएको छैन् । दु्ई वा दुुईभन्दा बढी दलबीच तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ ।

अहिले केन्द्रमा भएको गठबन्धनअनुसार बागमतीमा राप्रपा निर्णायक शक्तिको रुपमा देखिएपछि मुुख्यमन्त्रीको दाबी गरिरहेको छ । त्यसो त राप्रपाले प्रदेश संरचना खारेजीको विषय उठाउदै आएको थियो । यद्यपी आएको अवसरलाई भने प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो ।

बागमती प्रदेशमा सबैभन्दा धेरै नेपाली कांग्रेसले ३७ सिट जितेको छ । एमालेले २७, माओवादी केन्द्रले २१,राप्रपाले १३, एकीकृत समाजवादीले ७, नेमकिपाले ३ र हाम्रो नेपाली पार्टीले २ सिट जितेका छन् ।

बाग्मती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५६ सिट आवश्यक पर्छ । १ सय १० प्रदेश सभा सदस्य छन् । गठबन्धनमा एमाले २७, माओवादी केन्द्र २१ र राप्रपा १३ जना सांसद हुदा तीन दलको सरकार सजिलै गठन हुनसक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);