बाग्मतीका मुख्यमन्त्रीले आज दोस्रोपटक विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

बाग्मतीका मुख्यमन्त्रीले आज दोस्रोपटक विश्वासको मत लिँदै

काठमाडौं, ८ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उहाँले दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

जम्कट्टेलले बुधबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालय हेटौंडामा प्रस्ताव पेस गरिसक्नुभएको छ । तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनुभएको थियो । मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावका लागि दलहरु आन्तरिक रणनीति निर्माणमा जुटेका छन् ।

जस अनुसार एमाले पनि आन्तरिक तयारीमा छ । संघीय सरकारलाई विश्वासको मत नदिएको एमालेले प्रदेशमा भने सरकार छाडेको छैन । प्रदेश सरकारको ४ मन्त्रालयको नेतृत्व गरिरहेको एमालेले मुख्यमन्त्रीले विश्वासको मत माग्दा के गर्ला भन्ने प्रस्ट भइसकेको छैन । एमालेले पार्टी केन्द्रसँगको छलफल र समन्वयमा बुधबार नै बस्ने संसदीय दलको बैठकमा सो विषयको निर्णय हुने बताएको छ ।

नेपाली कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्वमै दाबी गरेको छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको नेतृत्वको विषय केन्द्रले टुङ्ग्याउने प्रष्ट पार्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);