सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुर्खेत । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएको प्रदेश सचिवालयले जनाएको छ । उनले सोमबार नै विश्वासको मत लिने तयारी गरेको भएपनि दर्ता गरेको ४८ घण्टा पुग्नुपर्ने प्रदेश सभाको नियमका कारण भोलि लिन लागिएको हो ।

सत्ता साझेदार मै रहेका एमालेका ओली पक्षीय सांसदहरुले मुख्यमन्त्री भट्टमाथि अविश्वास रहेको सदनलाई जानकारी गराए पछि उनले विश्वासको मत लिन लागेका हुन् ।

जेठ १० मा एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यद्यपी जेठ १२ गते नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री भट्टलाई विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । सुदूपश्चिम प्रदेशसभामा सभामुखसहित जम्मा ५२ प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा सभामुखसहित एमालेका २५ र माओवादी केन्द्रका १३ सदस्य रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);