गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएका छन् ।

मुख्यमन्त्री गुरुङको विश्वासको मत पाउनुपर्ने प्रस्तावको पक्षमा २७ प्रदेशसभा सदस्य र विपक्षमा ३० प्रदेशसभा सदस्यले मतदान गरेका छन् । कुल ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पथ्र्यो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए ।

संवैधानिक व्यवस्था अनुसार सुब्बाले जेठ २९ भित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

गण्डकीमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);