एमाले र एकीकृत समाजवादी एकीकरण हुने संभावना (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले र एकीकृत समाजवादी एकीकरण हुने संभावना (भिडियो रिपोर्ट)

बटुकराज गिरी/माउण्टेन टेलिभिजन । नेपालका कम्युनिस्टहरु छिमेकी चीनका नेता माओ त्सेतुङले भनेको भन्दै पटकपटक एउटा वाक्य उद्धरण गरिरहन्छन, राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन ।’ कतिले यो भनाइ स्वर्गीय नेता मदन भण्डारीले भनेको पनि भन्छन् । यो वाक्यमा जसको मूल अधिकार भए पनि नेपाली राजनीतिमा यो सत्यजस्तै देखिन्छ जुन पछिल्ला राजनीतिक घटनाक्रमले प्रष्टाएको छ । आफनै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्दै कांग्रेसलाई सत्ता सुम्पिनुभएका अहिलेका प्रधानमन्त्री प्रचण्ड ओलीकैै सहयोगमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गरिरहनुभएको छ । तर एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भने राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन भन्ने सूत्रले अझै काम गरिसकेको छैन ।

चुनावअघि नेपालले ओलीलाई ‘गफाडी महाराज’को संज्ञा दिनुभएको थियो भने ओलीले नेपाललाई ‘कुहिएको फर्सी’ । यतिबेला एमालेलाई संसदमा पहिलो शक्तिका रुपमा उभ्याउनकै लागि भएपनि नेपाल नेतृत्वको पार्टीलाई पुरानै पार्टीमा फर्काउन एमालेका शीर्ष नेताहरु सक्रियता बढाएका छन् ।

समानुपातिकतर्फ पहिलो दल बनेको एमाले ७८ सिट ल्याएर प्रतिनिधि सभामा दोस्रो ठूलो दल रहेको छ । पहिलो दल नेपाली कांग्रेसको ८९ सिट छ जुन एमालेको भन्दा ११ सिट कम हो । जवकि समाजवादीसँग १० सिट छ । त्यो सांसद संख्या थप्दा एमालेको ८८ सिट पुग्छ । पहिला एमालेमै रहेका तर स्वतन्त्र उम्मेदवारी दिएर जितेका ३ जनालाई पनि एमालेमै फर्काउन सके एमाले ९१ सिटको बन्दै संसदको पहिलो शक्ति बन्ने दाउमा छ । तर पार्टी नै एकीकरणमा भने केही चुनौती छ किन कि एमालेमा समाहित हुन उसका केही सर्त छन् ।

माधव नेपाल छुट्टिए जाँदा पार्टीलाई पुगेको क्षतिलाई एमालेका सबैजसो नेताले स्वीकारेका छन् । त्यसैगरि नयाँ पार्टी गठन गरे पनि सोचेभन्दा निकै कमजोर अवस्थामा पुगेको तथ्यलाई समाजवादीका नेताहरुले पनि महशुस गरेका छन् । बाम लोकतान्त्रिक गठबन्धन भत्किएर नयाँ राजनीतिक समीकरण बनेकाले आवश्यकताको सिद्धान्तअनुसार दुबै दलका नेताहरुलाई क्रमश नजिक पु¥याएको छ । ओली र नेपालको व्यक्तिगतस्तरमा पुगेको तितोपनलाई दुबै दलका दोस्रो तहका नेताहरुले पखाल्न सके भने केही समयभित्र यी दुई पार्टीको एकीकरण हुने संभावना बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);