सरकारको नेतृत्व गर्ने कांग्रेसको निर्णयः बकुल्लाले माछा देख्यो, शिकार गर्न बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारको नेतृत्व गर्ने कांग्रेसको निर्णयः बकुल्लाले माछा देख्यो, शिकार गर्न बाँकी

काठमाडौ , २१ चैत। चुनावका क्रममा २०७४ कात्तिक ३० गते धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए– म सात पटक देशको प्रधामनन्त्री बन्छु । देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिदै यसो भनेका थिए।

त्यसको ठीक एकदिन अघि गोरखा पुगेका अध्यक्ष केपी शर्मा ओलीले ठोकुवा गरेका थिए – देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन्। प्रधानमन्त्री रहेका देउवालाई पत्रकारहरुले ओलीको भनाइलाई रेफरेन्स लिँदै प्रश्न गरेपछि सुरुमा त झोक्किएका थिए उनी ।

त्यहीँ बोल्दै जाँदा सात पटक प्रधानमन्त्री हुने सन्दर्भ जोड्दा भनेका थिए ‘ओलीले मलाई अन्तिम प्रधानमन्त्री त भन्नुभयो तर मलाई ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री बन्नुहुन्छ भन्या छ ।’ देउवाको उक्त दाबीले तात्तातो चर्चा पायो। कतिले निर्वाचनपछि उनी नै प्रधानमन्त्री बन्ने लख काटे पनि। तर, राजनीतिक कोर्स उनले भनेजति सजिलो किन थियो र? नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गजबको तालमेल भयो र उनीहरु निर्वाचनमा गए। र, निर्वाचन परिणाममा कायापलट भयो। नराम्ररी हार्‍यो काँग्रेस, देउवा भने बालबाल बचे।

यसअघि उनी २०५२, २०५८ र २०६१ सालमा प्रधानमन्त्री बनेका थिए । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई ‘कू’ गरेर प्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए । त्यसको ठीक १२ वर्ष ४ महिनापछि देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । देउवालाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, नेकपा संयुक्त, आदि पार्टीका सांसदहरुले समर्थन गरेका थिए ।

देउवा २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए। तर एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि झण्र्डै दुई तिहाईको सरकार बनेपछि देउवाको प्रधानमन्त्री बन्ने सपना सपनामा सीमित रहेको धेरैले टिप्पणी गरेका थिए।

तर समयले कोल्टो फेर्‍यो। गत पुुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँं चुनावको तिथि तोके। विघटनविरुद्ध सर्वोच्चमा मुद्धा प¥यो। फागुन ११ गते सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि समयले थप कोल्टो फेर्‍यो । दुईतिहाई बहुमतमा रहेको सरकारको नेतृत्व गरेको पार्टी नेकपा बिभाजनको अवस्थामा पुग्यो । त्यसपछि भने नयाँ समीकरणबारे अनेक अनुमान गरिए ।

फागुन २३ गते भने नेपालको राजनीतिमा अर्को झड्का लाग्यो। सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी ब्युँताउने गरी निर्णय गर्‍यो । त्यसपछि सुरु भयो नयाँं समीकरणको चर्चा ।

तर प्रतिपक्षमा रहेका दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी र माओवादी केन्द्र एक आपसमा अनुहार हेराहेरको अवस्थामा पुग्यो। बैकल्पिक सरकारमा रहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भूमिकामा समेत अनेक प्रश्न उठेका थिए। कांग्रेसमाथि सत्ताका लागि बकुल्लाले माछा ढुके जसरी ढुकेको आरोप समेत लाग्यो ।

तर शुक्रबार राति नेपाली कांग्रेसको निर्णयले राजनीतिमा अर्को तरंग ल्याएको छ । निर्णय होः प्रधामनन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आगामी सरकारको नेतृत्व गर्ने । कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने उनी पाँचौ पटक प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्याबाणी सही सावित हुने छ । तर अहिले पनि कांग्रेसको निर्णयलाई राजनीतिमा टिप्पणी गरिँदैछ– बकुल्लाले माछा देख्यो तर शिकार गर्न बाँकी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);