बारम्बारको छलफलबाट पनि सत्तारूढ गठबन्धन मन्त्रिपरिषद् विस्तार गर्न विफल (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

बारम्बारको छलफलबाट पनि सत्तारूढ गठबन्धन मन्त्रिपरिषद् विस्तार गर्न विफल (एक रिपोर्ट)

काठमाडौं । सत्तारूढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन बारम्बार छलफल गरेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै समय लाग्ने भएको छ । कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो ।

बुधबार र मंगलबार सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुले बालुवाटारमा मन्त्रिपरिषद पूर्णता दिनेमा केन्द्रित रहेर छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिमन्डल विस्तारमा ढिला गर्न नहुने भन्दै तत्काल मन्त्रीहरूको नाम दिन भनेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार नगर्दा आलोचना भइरहेकोले अब ढिला गर्न नहुने बताएका थिए । तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेशलाई पहिले निस्कृय बनाउनुपर्ने अडान दोहो¥याएका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा मुद्दा दिएकोले त्यो किनारा लागेपछि मन्त्रिमन्डललाई पूर्णता दिन आग्रह गरेका भएपनि बुधाबर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेको जनाइएको छ ।

कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको थियो । सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन् ।

यसअघि पनि गठबन्धन दलको बैठक पटक पटक बसे पनि दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको छैन । कांग्रेसले सात, माओवादीले छ, जसपाले ४ र नेकपा (एकीकृत समाजवादी) ले पाँच मन्त्रालय पाउने गरी छलफल भइरहे पनि निर्णय भइसकेको छैन ।

देश यतिवेला स्वास्थ्य संकटमा छ, कोरोना भाइरसको महामारीबाट मुक्त भइसकेको छैन । बाढीपहिरो लगायतका बिपत यथावत नै छ । दशै तिहार लगायतका चाडपर्व नजिकिदै छन् । बिकटका दूर्गम बस्तीका जनतालाई खाद्यान्न अभावको पिरलो छ । तर ती सबै क्षेत्रमा काम गर्ने मन्त्रालय रिक्त भएको भन्दै सर्बत्र आलोचना मात्रै भइरहेको छ ।


कोभिड महामारीका बेला खोजी भइरहेको सवासथ्य मन्त्रीसम्मपनि नियुक्त गर्न नसक्नुले प्रधानमन्त्री देउवाको कार्यकुशलताप्रति नै प्रश्न उठ्न थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);