नेकपा एकीकृत समाजवादी र जसपाका कारण सरकारले पुर्णता पाउनेमा अझै अन्योल्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा एकीकृत समाजवादी र जसपाका कारण सरकारले पुर्णता पाउनेमा अझै अन्योल्ता


काठमाडौं । सत्तारूढ गठबन्धन बिच मन्त्रिपरिषदलाई पुर्णता दिन बारम्बार छलफल भैरहेपनि २ महिना भैसक्दा पनि कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमन्डल विस्तारमा ढिला गर्न नहुने भएकोले तत्कालै मन्त्रीहरूको नाम दिन गठबन्धन दलहरुलाई भनि रहेका छन् ।

तर दलहरुले मन्त्रीको नाम पठाउन सकेका छ्रैन्न । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार नगर्दा आलोचना भइरहेकोले अब ढिला गर्न नहुने बताउँदै आएका छन् । बुधबार र मंगलबार सत्तारूढ गठबन्धनका शीर्ष नेता बालुवाटारमा मन्त्रिपरिषद पूर्णता दिनेमा केन्द्रित रहेर छलफल गरेपनि टुंगोमा पुग्न सकेन । छलफलमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा मुद्दा दिएकोले त्यो किनारा लागेपछि मन्त्रिमन्डललाई पूर्णता दिन आग्रह गरेका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेशलाई पहिले निस्कृय बनाउनुपर्ने आफ्नो बटम लाईन बनाईरहेका छन् । मन्त्रिमन्डल विस्तार हुँदा दलहरूले पाउने मन्त्रालयबारे नेताहरु लगभग टुंगोमा पुगेको भने देखिन्छ । कांग्रेसले सात, माओवादीले छ, जसपाले ४ र नेकपा (एकीकृत समाजवादी) ले पाँच मन्त्रालय पाउने गरी छलफल भइरहे पनि निर्णय भने भइसकेको छैन । साथै तीन राज्यमन्त्री बनाउने पनि तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);