प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय सराहनीयः भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्रीको राजीनामा माग्ने कांग्रेसको निर्णय सराहनीयः भट्टराई

काठमाडौं, २१ चैत । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँगै आफ्नो नेतृत्वमा सरकार बनाउने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकोे निर्णय सराहनीय भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले शनिबार ट्विीट गर्दै कांग्रेसले सो निर्णय गरेर ढिलै भएपनि प्रतिपक्षीको धर्मको निभाउने संकेत गरेको भन्दै सराहनीय गरेका हुन् । उनले अरु प्रतिपक्षीले पनि आफ्नो कर्तव्य नभुल्न भनेका छन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

डा. भट्टराईले प्रत्येक राजनीतिक दलका आ–आफ्ना फरक एजेण्डा हुने उल्लेख गर्दै तर सबैभन्दा माथि देश‚ जनता र लोकतन्त्र आवश्यकत तथा प्राथमिकता हुने उल्लेख गरेका छन् । अहिलेको बर्तमान समयमा प्रधानमन्त्री ओलीको विदाइ मुख्य प्राथमिकता भएको उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);