संसदको अंक गणित देशको आवश्यकता अनुरुप बनाउन ताजा जनादेश आवश्यक : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संसदको अंक गणित देशको आवश्यकता अनुरुप बनाउन ताजा जनादेश आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अंकगणित देश र जनताको आवश्यकता अनुरुप भएन भने ताजा जनादेशमा जानुपर्ने बताएका छन् । देशभर निर्माण हुन लागेका एक सय ६५ वटा सडक निर्माणको शनिबार बालुवाटारबाट संयुक्त शुभारम्भ गर्दै देशको आवश्यकता अनुसार संसदको अंकगणित नभए ताजा जनादेशमा जानुपर्ने बताएका हुन् ।

जनादेशमा नगई देश राम्ररी अगाडि बढ्न नसक्ने उनको तर्क थियो । संसदमा भएको अंक गाणित सकेसम्म मिलाउन खोजेको र नमिले पछि ताजा जनादेशमा जाने निर्णय गरेको प्रधानमन्त्री ओलीको भनाई छ । अंक गणित नमिले पछि नै प्रतिनिधि सभा विघटनको निर्णय गरेको पनि उनले उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);