नीतिहिन गठबन्धनको भ¥याङ चढेर सरकारमा जान खोज्नु अराजनितिक भएको प्रधानमन्त्रीको निश्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नीतिहिन गठबन्धनको भ¥याङ चढेर सरकारमा जान खोज्नु अराजनितिक भएको प्रधानमन्त्रीको निश्कर्ष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिहिन गठबन्धनको भर्याङ चढेर सरकारमा जानु खोज्नु ‘अराजनितिक झेली’ भएको उल्लेख गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा संवोधन गर्दे दलिय प्रणालीमा दलको अनुसासन भन्दा बाहिर गएर नीतिहिन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक चलखेल भएको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्ना लागि सरकारको नेतृत्व साधन मात्रै भएको तर साध्य नभएको उल्लेख गर्दे लोकतन्त्र सुदृढीकरणका लागि ताजा जनादेशमा जाने निर्णय गरेको दाबी गरेका छन् ।आफुले सांसदहरुको अस्वस्थ्य गतिविधिका कारण लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास गुम्ला कि भनेर आवधिक निर्वाचनमा जाने निर्णय गरेको ओलीको स्पष्टोक्ति रहेको छ।

प्रधानमन्त्री ओलीले आज पहिलो पटक प्रतिनिधिसभा विघटन र त्यसयताका घटनाक्रमहरुको फेयरिस्त पनि उजागार गर्ने काम गरेका छन् । त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरुका बारेमा बताउदै उनले मुलुकलाई राजनीतिक अन्यौलबाट छिटो मुक्ति गर्ने बाटो अबलम्बन गर्न खोजेको दाबी समेत गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);