भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको दुर्व्यवहारप्रति राष्ट्रपति भण्डारीद्वारा खेद प्रकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको दुर्व्यवहारप्रति राष्ट्रपति भण्डारीद्वारा खेद प्रकट

Bidhya-Bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोरोनाका बिरामीको उपचारमा उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार ट्विट मार्फत दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्ने भएपनि विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो भन्दै स्वास्थ्यकर्मी माथि भएको दुर्व्यवहार प्रति खेद प्रकट गरेकी हुन् ।

भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ ।

घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ । यसैबीच, गृह मन्त्रालयले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);