देश निर्वाचनमा जानु भनेको प्रतिगमनतर्फ उन्मुख हुनु होइन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

देश निर्वाचनमा जानु भनेको प्रतिगमनतर्फ उन्मुख हुनु होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन भव्यताका साथ सफल पार्नका लागि सवै दललाई सरकारमा सहभागि हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार दशवासीका नाममा सम्बोधन गर्दे ताजा जनादेशमा जानु कुनै प्रतिगमन नुहने भन्दै आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि निर्वाचनमा जानुको विकल्प नभएको तर्क गरेका हुन् । उनले पार्टी एकताका लागि अझै पनि कसर जारी रहेको भन्दै पार्टी एकताबाट आफूहरु पलायन नभएको समेत तर्क गरेका हुन् ।

प्रधानमन्त्रीले आफू सबैखाले अपमान र पीडा व्यहोरेर पनि पार्टी एकताका लागि प्रयत्नशील रहेको बताए ।उनले कहिले पार्टीका उम्मेदवार हराउन विपक्षीसँग साँठगाठ गर्ने, कहिले संसदमा अनपस्थित भएर आफ्नै पार्टीको सरकारलाई अप्ठेरोमा पार्ने काम आफ्नै पार्टीबाट भएको समेत औल्याएका छन् ।

Leave a Reply

ताजा समाचार