प्रधानमन्त्रीले गिनिज बुकमा नाम लेखाउन दुइ पटक संसद विघटन गरे : दिनानाथ शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्रीले गिनिज बुकमा नाम लेखाउन दुइ पटक संसद विघटन गरे : दिनानाथ शर्मा

काठमाडौं । राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले दलहरुमा लोकतान्त्रिक चरित्रको निर्माण हुन नसकेको बताएका छन् । उनले लोकतन्त्र भनेको कुनै जपको माला नभएको भन्दै एउटा संस्कार भएको बताए । उनले आफूहरु लोकतन्त्रको लागि जिवनभर संघर्षमा होमिएको भन्दै दुई चार जनाले गर्दा आज देश प्रतिगमनतर्फ धकेलिएको बताए ।

उनले सभामुखलाई प्रश्न गर्दै भने के यो प्रधानमन्त्री प्रणाली हो ? के यो राष्ट्रपति प्रणाली हो ? उनले संसदीय प्राणालीमा प्रधानमन्त्रीले आफू खुसी गरेको भन्दै आत्मासमीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । उनले सत्ता पक्षका सांसदले गरेको प्रश्नको जवाफ दिंदै भने अल्मतमा परेको सरकारले सत्ता पक्षमा बसिरहनुको औचित्य नभएको तर्क गरेका छन् ।

शर्माले दुनियाँमा प्रधामन्त्रीले ओलीले गिनिज बुकमा नाम लेखाउन खोजेको भन्दै दुई दुई चोटी संसद विघटन गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले नेकपा एक बनाउन सक्नु भएन भने सिङ्गो बामपन्थी आन्दोलनको इतिहासमै समाप्त हुने तर्क गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै भने पार्टी एकता भंग गरेपनि एमाले भंग नगर्नुुस भन्दै आत्मासमीक्षा गर्न आग्रह गरेका छन् ।

शर्माले पार्टी भित्रको संस्कार र संस्कृति भन्दा गुटबन्दीको संस्कृतिले लोकतन्त्रलाई क्षतविक्षत बनाएकाले आफूहरुले पनि आत्मासमीक्ष गर्नु पर्ने उनले बताए । त्यस्तै उनले अर्थमन्त्री पौडेलले चुरेबाट बालुवा गिट्टी उत्खनन् गर्ने विषयमा बजेट पारित गरेको भन्दै असहमति जनाएका छन् ।

त्यस्तै कालीगण्डकी प्रकरणबारेमा पनि जनता असन्तुष्ट रहेको भन्दै बेलैमा सोच्न गम्भीर ध्यानकर्षण गराए । कालीगण्डकीको पथारन्तरणको बारेमा सरकारले पुनर्विचार गर्न जरुरी रहेको उनले बताए । कुनै विज्ञ, प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल नगरी एकोहोरो रुपमा ल्याएको यो परियोजनाले प्रदेश प्रदेशबीच विवाद गराएको समेत आरोप लगाएका छन् ।

त्यस्तै , सरकारले कोभिड नियन्त्रणमा काम गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीले भ्रष्टचार भएको छ त्यस्कारण भयाक्सीन ल्याउन सकेनौ भन्दा भन्दै किन छानबिन भएन भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले सरकार पूर्णत जनताको जिवनसंग खेलवाड भएको भन्दै यस्ता कुरा सरकारलाई सम्झाउन बाध्य भएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);