कोभिड नियन्त्रणमा सरकार पूर्णत असफल : राधेश्याम अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोभिड नियन्त्रणमा सरकार पूर्णत असफल : राधेश्याम अधिकारी

काठमाडौं । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कोभिड नियन्त्रणमा सरकार पूर्णत असफल भएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको आठौँ अधिवेशनको बैठकमा बोल्दै अधिकारीले कोरोनाको समयमा पटक पटक स्वास्थ्यमन्त्री हेरफेर गर्नुले सरकार पुर्णत कोरोना नियन्त्रणमा असफल भएको जिकिर गरेका हुन् । त्यस्तै उनले सरकार सामाजिक क्षेत्रमा समेत चुकेको आरोप लगाएका छन् । उनले अहिलेको सरकार अर्थ व्यवस्थापनमा समेत पूर्ण रुपले चुकेकोे आरोप लगाए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको अहमताका कारण सिङ्गो मन्त्रीमण्डल पाँच सदस्यमा सीमित रहेको बताए ।

अधिकारीले आफ्नो घर फुटाएर अरुलाई समेटछु भन्ने प्रधानमन्त्रीबाट आफूहरुले कुनै अपेक्षा नराखेको बताएका छन् । सरकार जनताप्रति जवाफदेहिता नभएको भन्दै अधिकारीले प्रतिनिधिसभा भंग गरेर देशलाई निर्वाचनमा लान्छु भन्नु प्रधानमन्त्रीको कदम पूर्णत असफल भएको समेत उल्लेख गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);