कांग्रेसको नेतृत्वमा बैकल्पिक सरकार निर्माणको लागि दलहरुसंग छलफल चलिरहेको छ : सहमहामन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसको नेतृत्वमा बैकल्पिक सरकार निर्माणको लागि दलहरुसंग छलफल चलिरहेको छ : सहमहामन्त्री महत

काठामाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणको पहल गरेको हो ।

यसका लागि दलहरुसंग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिए । उनले अलमलमा रहेको जनता समाजवादी पार्टीलाई पनि वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट देश र जनतालाई बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गरे ।

आइतबार आफ्नै निवासमा संचारकर्मीसंग कुरा गर्दै नेता महतले नेपाली कांग्रेसको नेतृत्वमा बैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड १९ रोकथाम तथा नियन्त्रण गरि, मुलुकलाई भ्रष्टाचार मुक्त बनाई आउँदो निर्वाचनलाई निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी गरे ।

नेता महतले वर्तमान अवस्थामा देश कोभिड संक्रमणको गम्भीर चरणबाट गुज्रिरहेको र सरकार कोभिड नियन्त्रण तथा रोकथाममा पूर्ण रुपमा असफल भएको आरोप लगाए । उनले कोभिड १९ संक्रमण र रोकथामको विषय जटिल देखिएको, अक्सिजनमा कालोबजारी, वेड अभाव लगायत समस्या भएका कुराहरु मुलुकभरबाट आईरहँदा पनि सरकार पुरै असंवेदनशील र अकर्मण्य भएको टिप्पणी गरे । यस्तो भयावह अवस्थामा पनि प्रधानमन्त्री ओलीले नेपालमा कोभिड संक्रमण नियन्त्रणमा नै छ भनेर विश्वसामु झुटो बोलेको टिप्पणी गरे ।

नेता नेपालले संक्रमितको प्रभावकारी ढंगले उपचारको व्यवस्था गर्न तथा आवश्यक मात्रामा अक्सिजनको सुनिश्चिता गर्न सरकारसंग माग गरे । उनले महामारी नियन्त्रणका लागि सरकारले चालेका हर कदमलाई नेपाली कांग्रेसले साथ दिने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);