नेता नेपाल र ओली पक्षीय नेताहरुको छलफल निष्कर्षमा पुग्न सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेता नेपाल र ओली पक्षीय नेताहरुको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । नेकपा ऐमालेका दुई पक्षका तीन नेताहरुको छलफल विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेता तथा अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास चन्द्र नेम्वाङ र माधव कुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफल विना निष्कर्ष टुंगिएको हो ।

बैठकबाट निस्केर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेम्वाङले छलफल सकरात्मक रहेको बताएका छन् । उनले पार्टी एकता बलियो बनाउने कुरामा सकरात्मक भएको र कुनै विवाद नभएको बताएका छन् ।

पार्टीमा मिलेर जानुपर्ने कुरामा विवाद नभएपनि अझै टुंगोमा भने पुग्न नसकेको नेम्वाङले जानकारी दिए । विवाद समाधानको टुंगोमा पुग्न फेरि वार्ता हुने कुरा भएका उनले बताए ।

नेता नेम्वाङका अनुसार आजै बेलुका वा भोलि बिहानसम्ममा फेरि वार्ता हुने छ । सामूहिक राजीनामाको विषयमा भने चर्चा मात्र भएका र स्वयम् नेता नेपाललाई समेत जानकारी भएजस्तो नलागेको नेम्वाङले बताए ।

ओली पक्षीय नेताहरुसँगको छलफललगत्तै नेता नेपाल आफू पक्षीय सांसदहरुसँगको छलफल सुरु गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);