राजीनामा दुई-चार दिनका लागि टर्‍यो : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

राजीनामा दुई-चार दिनका लागि टर्‍यो : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले तत्कालका लागि आफूपक्षका सांसदहरुको राजीनामा टरेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता पछि बाहिर निस्कँदै सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले हालका लागि राजीनामा विषय टरेको बताएका हुन् ।

उनले राजीनामा दुई-चार दिनका लागि टरेको र कार्यदल बन्ने जानकारी गराएका हुन् ।

नेपालले भने, ‘हामीबीचको वार्ता मिल्ने दिशातर्फ गएको छ। हामी अहिलेसम्मका विवादलाई सहमतिमा आधारमा टुंग्याउछौँ’, नेपालले भने, ‘पार्टीभित्रका विवाद अब कार्यदल बनाएर मिलाउँदै जान्छौँ। हामी आजको वार्तापछि मिल्ने दिशातर्फ गएका छौँ। अहिलेलाई आज दिने भनिएको राजीनामा दुई चार दिनलाई टरेको छ।’

भेटवार्ता सकरात्मक भएको नेपालको भनाई छ । छलफलमा जेठ २ मा फर्कने, फागुन २८ को निर्णय फिर्ताका बारेमा पनि छलफल भएको उनले बताए ।

बिहीबार दिउँसोबाट अध्यक्ष ओली र नेता नेपाल व्यवसायी क्याप्टेन रामेश्वर थापाको बुढानिलकण्डस्थित निवासमा भेटवार्ता गरेका थिए ।

यो भेटवार्तापछि एमालेमा एकताको सम्भावना सुदृढ भएको देखिएको छ । यसका साथै उता जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुले कांग्रेस नेतृत्वको गठबन्धनको सरकारलाई समर्थन नगर्ने अडानसँगै केपी शर्मा ओली नै प्रधानमन्त्रीमा पुनः नियुक्ती हुने सम्भावना सबल भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);