गठबन्धनको सरकार भन्दा मध्यावधि निर्वाचनमा जानु उपयुक्त : महासचिव मैनाली | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

गठबन्धनको सरकार भन्दा मध्यावधि निर्वाचनमा जानु उपयुक्त : महासचिव मैनाली

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले छोटो समयमका लागि गठबन्धनको सरकार निर्माण गर्नुभन्दा मध्यावधि निर्वाचनमा जान उपयुक्त हुने बताएका छन् ।

माउण्टेन टेलिभिजनको विशेष प्रस्तुति अतुल्य कार्यक्रममा अन्तर्वार्ता दिँदै महासचिव मैनालीले मुलुकका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्दा नै आफ्नो पार्टीले निर्वाचनमा जानु उपयुक्त हुन्छ भन्दै आएकाले अहिले झन समय परिपक्क भएको उनको भनाइ छ ।

अतुल्य कार्यक्रम आज राति ९ बजे प्रसारण हुँदैछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);