जनमत खण्डित भएको अवस्थामा ताजा जनादेश नै उपयुक्त थियो : पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

जनमत खण्डित भएको अवस्थामा ताजा जनादेश नै उपयुक्त थियो : पोखरेल

काठमाडौंं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा जानेकुरा प्रतिगमन हुन नसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदैं पोखरेलले नेकपाभित्र विवाद उत्कर्षमा पुगेका कारण जनमत खण्डित भएको र नेकपाले प्राप्त गरेको जनमत खण्डित भएपनि जनतामा जाने कुरा स्वभाविक रहेको बताएका बताएका हुन् । उनले जनतामा जाने कुरा ‘जनतामा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै । एमालेको धारणा यही रहेको बताए। जनमत खण्डित भएको अवस्थामा ताजा जनादेश नै उपयुक्त थियो’, पोखरेलले भने ।

उनले नेपालको वामपन्थी आन्दोलन सही दिशामा नभएको टिप्पणी समेत गरेका छन् । कार्यनीतिमा देखिएको भिन्न मतका कारण वामपन्थी आन्दोलन गलत दिशामा गएको उनले बताए । कार्यनीतिमा देखिएको फरक मतका कारण हामी बोल्नै छोडेका छौं । नेताहरुको अन्तरकलहमा आधारित नीति बनाउने र त्यसैमा बहकिने प्रवृत्तिबाट वाम आन्दोलन अगाडि बढ्न सक्दैन’, पोखरेलले भने ।

उनले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताए । नेकपा गठनको उद्देश्य सही थियो । नेकपाको एकता जोगाउन नसकिएकोमा मलाई पछुतो छ’, पोखरेलले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);