असन्तोष र कुण्ठाग्रस्त राजनीतिले महामारी पनि भनेन (भिडियोसहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

असन्तोष र कुण्ठाग्रस्त राजनीतिले महामारी पनि भनेन (भिडियोसहित )

जनता कोरोना महामारीमा जीवन रक्षाका लागि अक्सिजन नपाएर छटपटिरहेको वेला प्रमुख दलहरु भने नयाँ सरकार गठनका लागि संसदमा संख्या पु¥याउने दौडधुपमा व्यस्त छन । जनताले दलका नेताहरुले गरेका हरेक राजनीतिक परिवर्तनको लडाइमा साथ दिए तर विडम्वना भन्नु पर्छ जनता अहिले कोरोनासँगको लडाइमा जुधि रहेका छन, जनताको यो लडाइमा भने नेताहरुले साथ दिन सकिरहेका छैनन् । सत्ताको खेलमा व्यस्त ठुला दलका ठुला नेताहरुको कानले कोरोनामा ज्यान गुमाइरहेका आफन्तको पीडा सुन्न सकिरहेको छैन तर तीनै नेताहरुको आखाँले सिहदरवारको कुर्सी देखिरहेको छ ।

नेपाली जनता प्रजातन्त्रकालागि पचांयत विरुद्ध लडे, राजाविरुद्ध लडे, विभिन्न समयमा भएको जनआन्दोलनमा नेताहरुलाई साथ दिए । र सासकिय स्वरुप फेरियो । नयाँ संविधान , नयाँ नियम कानुन लागु भए। राजनैतिक व्यवस्था फेरियो र विधिको शासनको अपेक्षा सबैले गरे । व्यक्तिवादी, निरङ्कुश शासन मौलाउँदै जादा राजनीतिक दलहरुको लडाइमा साथ दिएका जनताले लोकतन्त्र आएपछि पनि नेताहरु निर्मम नै हुने छन भन्ने सोचेका पनि थिएनन । तर जनताको सोचाइ मिलेन । बरु, जनताले कहिले पनि राम्रोसँग नागरिकका हक अधिकार सुरक्षित भएको अनुभूति गर्न पाएनन। नेपाली राजनीतिज्ञहरू अर्थहीन शब्दहरूको प्रयोग गरेर मिठा मिठा भाषण गर्दै जनतालाई अन्योलमा राखिरहे । राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याएर संविधानकै मर्यादाका ठुला ठुला कुरा गरिरहेका छन।

जनता कोरोना महामारीमा जीवन राक्षाका लागि अक्सिजन मागिरहेकाछन । राजीतिकदलहरु भ्निरका छन संविधान बचाउन नयाँ सरकार दिन्छौ । जनताले मागेको अक्सिजन हो, नेताहरुले दिन खोजेको नयाँ सरकार । यो मानवताकै विरुद्धकै भयंकर ठूलो चुनौती हो, राजनीतक दलहरुको असक्षमताको पराकाष्ठ हो । जुन जनताको मत लिएर माननीय बने उनीहरु आफ्ना मतदाता अस्पतालका प्रागणमा छटपटाइरहेका बेला भनिरहेका छन, अहिलेको समसस्याको समाधान नयाँ सरकार हो । के जनताका प्रतिनिधिले जनताका कुरा सुन्नु पर्दैन ?

हामी नेपालीको दुर्भाग्य भन्नु पर्छ, देशको संविधान र सरकार बचाउने खेलमा दलका नेताहरु लागिरहदा जनताका वास्तवीक समस्याहरु भ्ने कहिले सम्बोधन हुन सकेनन । नेताहरु सत्ता प्राप्तीको खेलमा लाग्दा गणतान्त्रिक व्यवस्था भएको मुलुकका जनता नेताहरुको चर्तीकला हरेर बस्न बाध्य छन। एउटा नेताबाट अर्को नेतालाई लखेट्ने काम हुदैछ । नेताहरुको ध्यान सिहदरको कुर्सीमा केन्दि«त हुदा नेपाली जनता भने चौतर्फी रुपमा समस्याले रुमलिएका छन् ।

कुनै पनि राजनीतिक पार्टीलार्ई जनताले दिएको बहुमत फापेको छैन। प्रजातन्त्रको पुन स्थापना देखि आज सम्मको अबस्थालाई समिक्षा गर्दा आत्मकेन्द्रित नेतृत्वका कारण देशलाई बन्धक बनाउने खेलमा मात्र केन्दि«त हुदा सबै दलका प्रमुख नेताहरु प्रति जनताले हेर्ने नजर फेरिएको छ। त्यसैले होला नेताले सामाजीक सञ्जालमा जति सुकै राम्रो कुरा राख्दा पनि गालीको ओइरो नै लाग्छ । अहिले महामारी बढेसँगै मानवताविरुद्ध अपराध गरिरहको आरोप दलका नेताहरुले खेपिहरकाछन। प्रतिरोधी चिन्तनले प्रतिरोधी शक्ति पैदा गर्दछ । अहिले भइरहेको नै यहि हो। असन्तोष र कुण्ठाको राजीनितले हिजो विशाल बनेको नेकपा मात्रै अलग भएन अहिलेको एमाले पनि ओरालो लागिसकेको छ। हिजो बहुमत पाउदा नेपाली काग्रेस असफल भयो ।

आज बहुमत पाएका कम्युनिष्ट नेताहरु दयनीय अस्थामा पुगेका छन । व्यत्तिगत कमजोरी, लोभ, अपेक्षा र महत्वाकांक्षाका कारण नेताहरु जनताको नजरबाट दिन दिनै सम्मान गुमाइ रहेकाछन। न्ोतृत्व प्रति नै जनतामा वितृष्णा जागिरहेको छ। तर नेताहरुलाई यो कुराको परवाह छैन । उनीहरु आफ्नै जिद्धिमा अडिग छन। दुई तिहाई बहुमत दिँदा पनि सरकार चलाउन नसकेको दोष ओलीले मात्रै लिन्छन कि माधव नेपाल, झलनाथ र प्रचण्डहरुले पनि ? हिजोको दिनमा सत्ताका लागि पार्टी फुटाउने मधेसवादी दलहरु अहिले जसपा भित्र पनि अलग अलग धारमा बसेर गरिरहेको स्थिर राजनीतिको कुरा कति सुहाउला ? प्रमुख प्रतिपक्षी दलको रुपमा गुमनाम रहेको नेपाली कांग्रेस जसले हिजो आफ्नै पार्टीले नेतृत्व गरेको बहुमतको सरकार ढाल्यो त्यहि काग्रेसले स्थिरताका कुरा गरिरहदा जनताले पत्याउलान कि नपत्याउलान ? आवरणमा संविधान वा व्यवस्था जे भने पनि दलहरुको स्वार्थ सत्तासँग जोडिएको जनताले बुझी सकेका छन्।

त्यसैले त नेताका भाषणमा जनताको प्रतिकृया आक्रोस नै आक्रोसले भरिपुर्ण हुन्छ । नेताहरुले अहिले जती नजरअन्दाज गरे पनि निर्वाचनमा जादा आफुले गरेको कर्मको मुल्य चुकाउनु पर्ने छ । त्यसैले जनताको जीवन मरणको समयमा सत्ता केन्दि«त भन्दा नागरिकको स्वास्थय केन्दि«त हुन आवश्यक छ। नेताहरुलाई चेतना होस् राष्ट्रिय संकटको वेला को प्रधानमन्त्री बन्छ भनेर हेरेर बस्ने रहर जनताहरुलाई छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);