राजनीतिक दलका अप्राकृतिक गठबन्धन कहिलेसम्म ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

राजनीतिक दलका अप्राकृतिक गठबन्धन कहिलेसम्म ? (भिडियाेसहित)

राजनीति सबै नीतिहरूको प्रमुख नीति हो । निस्वार्थ रूपले देश र जनताको सेवा गर्नु नै राजनीतिको धर्म हो । राजनीतिक ज्ञान, बुद्धि र विवेक भएको खण्डमा मात्र पार्टी नेतृत्वले सिद्धान्तअनुसार पार्टीलाई अगाडि बढाउन सक्छ । दलले सदैव सैद्धान्तिक र वैचारिक राजनीति गर्दछ । राजनीतिक पार्टीले आफ्ना कार्यकर्ता तथा जनतालाई स्वाभिमानी भई बाँच्न सिकाउँछ, देशभक्तिको भावना जागृत गराउँछ ।

सिद्धान्तमा अडिग रहन सिकाउँछ । तर नेपालको राजनीति ठिक विपरित दिशामा हिडेको छ । यतिबेला केही दलबाट प्रधानमन्त्री बन्ने नाममा सिद्धान्त नै नमिल्ने गठबन्धन गरिरहेका छन् । संसदीय लोकतान्त्रिक विधिमाथि धावा बोल्दै सत्ता समिकरणका लागि दलहरुको दौडधुपले लोकतन्त्रलाई नै गिज्याइरहेको छ ।

हिजोसम्म पानी बाराबारको अबस्थामा रहेका देउवा र प्रचण्डको मन अचानक कसरी मिल्यो ? प्रचण्डको कुरा मन नपरेर माओवादीबाट अलग भएका बाबुराम भटृराईबाट अहिले प्रचण्डको पक्षमा किन वकालत भइरहेको छ ? नेपालले नयाँ संविधान जारी गरेपछि असन्तुष्टी जनाउदै घाटी जोड्नुभएका महन्थ ठाकुर र उपेन्द्र यादव अहिले एक अर्काेलाई स्वीकार गर्न नसक्ने अस्थामा पुग्नुको कारण के हो ? राजतन्त्रको वकालत गर्ने तत्कालिन राप्रपाले काग्रेससँग कुन सिद्धान्त र एजेण्डा मिलेर पछिल्लो निर्वाचनमा चुनावी गठबधन्न ग¥यो ? प्रधानमन्त्री ओली सरकारमा उपप्रधानमन्त्री बनेर सरकारको बचाउ गर्नमा माहिर उपेन्द्र यादव अहिले प्रधानमन्त्रीसँग सहकार्य गर्नै नसक्ने अवस्थामा कसरी पुग्नुको मुलकारण के हो ?

आफ्नै पार्टीले बनाएको सरकार र पार्टी विरुद्ध हजारौ नेता कार्यकर्ताको राजनीति दाउमा लगाएर माधव नेपालको साथ प्रचण्डलाई दिन चाहनु कुन सिद्धान्तको उपज हो ? यी गठबन्धनहरु कति प्राकृतिक कति अप्राकृतिक हुन् ? केहि लेखाजोखा छैन । तर एउटै सत्य के हो भने, नेताहरुको स्वार्थ मिल्यो भने क्षणभरमै मित्र दुष्मन हुने, दुष्मन मित्र भइहाल्ने प्रवृति नेपाली राजनीतिले अंगालेको छ । त्यसको परिणाम हो देश र जनताले पाइरहेको दुख ।

राजनीतिमा अवसरवाद सबैभन्दा ठुलो विकृति हो । त्यहि अवसरवादभित्र रुमलिएको नेपाली राजनीति आस्था, विचार र सैद्धान्तिक दृष्टिकोणबाट विचलित भई आफ्नो स्वार्थ सिद्धिका निम्ति जे पनि गर्न सक्ने अवस्थामा पुगेको छ । हरेक दलका नेता र कार्यकर्ता दलको दस्तावेजबाट परिचालित भएका छैनन् । पार्टीको सिद्धान्त र लक्ष्य विपरीत काम गरेरै भएपनि फाइदा लिन तल्लीन छन् । व्यक्तिगत स्वार्थकै लागि नेता र कार्यकर्ताहरू गुट, उपगुटमा विभाजित भएका छन् ।

आन्दोलन गर्दा होस् वा पार्टी स्थापना गर्दा, दल र तीनका नेताहरुको उद्देश्य राम्रै देखिन्छ । निरङ्कुश शासनबाट मुक्ति दिलाउने, सामन्ती प्रथा हटाउने, राजनीतिक चेतना जगाउने, आर्थिक र सामाजिक परिवर्तन ल्याउने, शुसासन कायम गर्ने, देशलाई भ्रष्टाचार मुक्त बनाउने अझ वर्तमान सरकारको मुल नारा त झनै लोकप्रिय छ, समृद्ध नेपाल सुखी नेपाली । तर यो राष्ट्रिय नारा पूरा हुन शीर्ष नेतृत्वबाटै अवरोध आइरहेको बुझ्न कठिन छैन । आन्तरिक झमेलामा फसेका राजनीतिक दल र नेताहरुले समग्र विकृतिको नेतृत्व गरिरहेका छन् । त्यसैले त नेताहरुको भनाइ र गराइमा धेरै अन्तर छ । नेताहरुकै ढुलमुले चरित्रका कारण देशिविदेशी शक्ति हावी भएका छन ।

राजनीतिक अपरिपक्वता र उत्ताउलोपनले नेताहरुमा वैचारिक गम्भीरता र दूरदर्शिताको अभाव देखिएको छ । निर्वाचनमा करोडौँ खर्च गर्ने, जितेर सत्तामा गएपछि साँवा ब्याज असुल्ने प्रवृति व्यापक बढेको छ । जनतालाई दिएको आश्वासनको बेवास्ता गरी आफ्नै दुनो सोझ्याउने प्रवृत्तिले नेपाली राजनीतिमा थुप्रै विकृति र विसङगती भित्रिएको छ । यसै कारण राजनीतिप्रति जनताको वितृष्णा जागेको हो । केन्द«मा्र शिर्ष नेताहरुको लडाइ जारी छ, जिल्ला जिल्लामा कार्यकर्ताबीच झडप भइरहेका समाचार प्रसस्तै आउछन् । इमान्दार तरिकाले देश र जनताको पक्षमा राजनीति गर्नेहरुमा निरासा छाएको छ ।

नेताहरुकै अराजकताले संसदलाई समेत मर्यादाहीन जमातमा रूपान्तरण गरिदै छ । यो लोकतन्त्रकै लागि दुर्भाग्य हो । धुपौरे नेताहरुले राजनीतिक पार्टी र संसदलाई नै अस्तव्यस्त बनाइदिएका छन् । एकले अर्काेलाई दोष दिएर आफू सर्वश्रेष्ठ हुने प्रयास गरिरहेका नेताहरु जनताको नजरमा खोक्रो हुदै गएको हेक्कासम्म राख्न सकेका छैनन् । घोचपेच, अपमान र तिरस्कार लोकतन्त्रको चरित्र हुँदै होइन, तर नेताहरुले यहि गरिरहेका छन् ।

त्यसैले अहिलेको राजनीतिक अभ्यासले लोकतन्त्रको मान्यतालाई नै जोगाउन सक्दैन । नातावाद, कृपावाद, कार्यकर्तामुखि प्रवृति, भ्रष्टाचार, अराजकता र भ्रममा मौलाएको राजनीतिल सिंगो राजनीति कुरुप देखिएको छ । चुनाव अघिदेखि नै अप्राकृतिक गठबन्धन र निर्वाचन परिणाम आएपछि अंकगणितको आधारमा चलेको राजनीतिले जनताको चाहनालाई कुण्ठित गरेको छ । त्यसैले नेतृत्व तहमा रहेका सबैले लोकतन्त्रका मुल्यमान्यतालाई आत्मसाथ गर्न जरुरी छ । यसैमा मुलुक, जनता र नेताहरुको हित हुन सक्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);