उपेन्द्र यादवमाथि ठाकुर–महतो पक्षको कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपेन्द्र यादवमाथि ठाकुर–महतो पक्षको कारबाही

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । उपेन्द्र यादव पक्षले पार्टीको कार्यकारिणी समितिको बैठकबाट निर्णय गरी अर्का अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरु राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निश्कासन गरेसँगै ठाकुर–महतो पक्षले पनि बैठक गरी उपेन्द्र यादवलाई पार्टी बाट निश्कासन गरेको हो ।

ठाकुर र यादवविच यसअघि एकले अर्कोलाई स्पष्टिकरण सोध्ने होडबाजी चलेको थियो भने दुवैले स्पष्टिकरणको जवाफ भने फर्काएका थिएनन् । जसपा ठाकुर–महतो पक्षका नेता प्रमोद यादवले उपेन्द्र यादवलाई पार्टीबाट निश्कासन गरिएको जानकारी दिए ।

आफुहरुले कसैलाई कारबाही गर्न नचाएको भएपनि यादवले कारबाही गरेपछि त्यसैको प्रतिक्रियास्वरुप कारबाही गरिएको उनले बताए । उनले भने – ‘जसरी उहाँहरु अगाडी बढिराख्नुभएको छ । त्यसरी नै हाम्रा श्रद्धय अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोज्यूको आजैको बैठकबाट उहाँले जब पार्टीबाट ४ जना नेतालाई निश्कासन गरिसकेको अवस्था जब न्यूजमा आयो त्यसपछाडी फेरी बैठक बसेर उहाँ उपेन्द्र यादवलाई पनि हामीले स्पष्टिकरण सोधेकै थियौँ । त्यो आधारमा उहाँलाई पनि निश्काशन गरिएको हो ।’

नागरिकता समस्या, जेलमा रहेका नेता कार्यकर्ता छुट्ने, मुद्दा फिर्ता हुने लगायतका मधेसका माग पुरा भइरहेको भन्दै सांसद यादवले मधेशको माग सम्बोधन हुनबाट रोक्न उपेन्द्र यादव पक्षले प्रयत्न गरिरहेको पनि बताए । जनताको इच्छा र भावना विपरित काम गरेको भन्दै उपेन्द्र यादवले यसको ठुलो मुल्य चुकाउनुपर्ने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);