नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं।  नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने भएको हो । बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलबारे छलफल हुने बताइएको छ ।

यसअघि मंगलबार बसेको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो । त्यसैकारण माधव नेपाल पक्षका थप १२ सांसदमाथिको कारबाही रोकिएको छ ।

केहि दिनयता दुवैतर्फका दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन आन्तरिक रूपमा छलफल र परामर्शलाई निरन्तरता दिइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);