पार्टी एकताको विषयमा छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पार्टी एकताको विषयमा छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक बस्दै

umle cometee

काठमाडौं, १९ बैशाख । पार्टी एकता र पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापाबाट फर्किएपछि स्थायी कमिटी बैठक बस्ने एमालेले जनाएको छ । बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा पार्टी एकतामा देखिएको उल्झन समाधानको उपायका बारेमा छलफल हुने छ । यस्तै संसदीय समिति गठनमा देखिएको विवाद समाधान लगायतका समसामयिक विषयमा छलफल हुने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यस्तै एमालेसँगको पार्टी एकताको विषयमा माओवादी केन्द्रले पनि छलफल गर्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय सचिवालयको बैठकमा एकताका विषयमा छलफल हुन लागेको हो । बैठकमा कसरी पार्टी एकतामा जाने भन्ने विषय छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिए । माओवादीले बराबरी हैसियत खोजेपछि एमालेसँगको पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । एकताका लागि दुई पार्टीका अध्यक्षलाई जिम्मा दिइए पनि दुई अध्यक्षबीचको छलफलले सार्थकता पाउन सकेको छैन ।

मंगलबार मजदुर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले बैशाख २२ गते पार्टी एकता हुनसक्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);