नेविसंघ अध्यक्ष र महामन्त्रीले बोलाए छुट्टाछुट्टै बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

नेविसंघ अध्यक्ष र महामन्त्रीले बोलाए छुट्टाछुट्टै बैठक

nabisang

काठमाडौं, १९ बैशाख । नेपाल विद्यार्थी संघमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । आन्तरिक विवाद चर्किएपछि संगठनभित्रका दुई गुटले छुट्टाछुट्टै मितिमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
नेविसंघ अध्यक्ष नैनसिंह महरले संगठनको महाधिवेशनलगायत विविध विषयमा छलफल गर्न भन्दै २८ र २९ वैशाखमा कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बोलाएका छन् । अध्यक्ष महरले केन्द्रीय समिति बैठक बोलाएको ५ दिनपछि महामन्त्री कुन्दनराज काफ्लेले १७ वैशाखमा विज्ञप्ति जारी गर्दै २० वैशाखका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् । उनले वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्गमा बैठक डाकेका छन् ।

अध्यक्ष महरले संगठनको विधान, परम्परा र मूल्यमान्यताविपरीत मनोमानी ढंगले नियुक्ति गरेको, अध्यक्षको निर्णयले संगठनमा विधिविहीनताको अवस्था निर्माण भएको महामन्त्री काफ्लेको आरोप छ । काफ्लेले अध्यक्ष महरको मनोमानीतन्त्र निराकरणका लागि बैठक बोलाउनुपरेको बताएका छन् । माउ पार्टीको नेतृत्वसामु संगठनमा देखिएको भद्रगोल परिस्थिति निराकरणका लागि अनेकन प्रयत्न गर्दा पनि समस्या समाधान हुने नदेखिएपछि बाध्य भएर बैठक बोलाउनुपरेको काफ्लेले विज्ञप्तिमा जनाएका छन् ।

नेविसंघ केन्द्रीय समिति बैठक १ वर्षदेखि बस्न सकेको छैन । महर र काफ्ले संगठनको ११औँ महाधिवेशनमा एउटै प्यानलबाट उम्मेदवार भई अध्यक्ष र महामन्त्रीमा निर्वाचित भएका थिए । तर, अध्यक्ष महरले संगठनको केन्द्रीय समितिमा सदस्य, महामन्त्रीलगायत पदमा मनोनयन र स्वतन्त्र विद्यार्थी युनियनमा संगठनबाट उम्मेदवार बनाउने टिकट वितरणमा पनि मनोमानी गरेको आरोप काफ्ले समूहको छ ।

काफ्ले समूहले कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेका वेला पार्टी कार्यालय सानेपामा पुगेर अध्यक्ष महरको कार्यशैलीविरुद्ध ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष महर पार्टीको संस्थापन पक्षनिकट र काफ्ले नेता कृष्णप्रसाद सिटौला निकटका हुन् । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);