नेविसंघ भित्रको विवाद उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेविसंघ भित्रको विवाद उत्कर्षमा

nabisang

कविता कार्की

काठमाडौं, २८ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष नैनसिंह महरले मनोमानी ढंगले काम गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले आगामी साउनमा १२ औं महाधिवेशन गर्ने घोषणा गरेको छ ।

तर, संस्थापन पक्षले भने संघको विधानविपरित महाधिवेशनको घोषणा गर्नु गलत भएकोे भन्दै आपत्ति जनाएको छ । नेविसंघका सभापति नैनसिंह महरको कार्यसम्पादनबाट असन्तुष्ट बनेका बहुमत पदाधिकारीहरुको बैठकले बुधबार आगमी साउन २३ देखि २५ गतेसम्म १२ औं महाधिवेशन गर्ने घोषणा ग-यो ।

सभापति महरले मानोमानी ढंगले विधानविपरित निर्णय, नियुक्ति र मनोनयन गरेको तथा संघमा विधिहिनताको अवस्था उत्पन्न गरेको उनीहरुको आरोप छ ।

नेविसंघका महाममन्त्री कुन्दनराज काफ्लेले सभापति महरले मनोमानी ढंगले काम गरेर क्याम्पसहरुमा संगठनका सदस्यहरुबीच नै द्वन्द्वको अवस्था सिर्जना गरेकाले संगठनको साख जोगाउन महाधिवेशन आह्वान गर्नुपरेको बताए ।

सभापति महरले नेविसंघ विधान अनुसार नै चलिरहेको दाबी गरेका छन् । राजनीतिक प्रोपोगाण्डाका लागि अनाधिकृत रुपमा महामन्त्रीले महाधिवेशनको घोषणा गर्नु गलत भएको उनको भनाइ छ । उनले साउन ४ र ५ गते केन्द्रीय कार्यसमितिको बैठक गर्ने र साउनको अन्तिममा १२ औं महाधिवेशन गर्ने तयारीमा आफु रहेको स्पष्ट पारे । संगठन भित्र विविध मत हुने भन्दै त्यसमा छलफलको माध्यमबाट निकास खोज्नुपर्ने उनको भनाइ छ ।

तर, असन्तुष्ट पक्षले भने उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय आयोजक समिति गठन गर्नुका साथै महाधिबेशनका लागि विभिन्न १३ वटा उपसमितिहरुसमेत गठन गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);