नेविसंघ भित्रको विवाद उत्कर्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेविसंघ भित्रको विवाद उत्कर्षमा

nabisang

काठमाडौं, २७ असार । नेविसंघ सभापति नैनसिंह महरको कार्यसम्पादनबाट असन्तुष्ट बनेका बहुमत पदाधिकारीहरुले अधिवेशन घोषणा गरेका छन् ।

केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बुधबार बाल्मीकी विद्यापीठमा बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म कीर्तिपुरमा १२ औं महाधिबेशन गर्ने निर्णय गरेको हो । महामन्त्री कुन्दराज काफ्लेले सभापतिले मानोमानी गरेपछि महाधिवेशन आह्वान गर्न बाध्य भएको बताए ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय आयोजक समिति गठन गर्ने निर्णयसमेत गरेको छ । महाधिबेशनका लागि भन्दै विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);