आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जीवी नेपालले बुधबार एक कार्यक्रमकाबीच आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको हो । गभर्नर नेपालले मौद्रिक नीतिले रोजागारीको अवसर सृजना गर्नका लागि उद्यमशीलता विकासमा वित्तिय साधनको परिचालनमा जोड दिने नीति लिएको स्पष्ट पारे ।

मौद्रिक नीतिमा उपभोक्ता मुद्रास्फितिलाई ६ दशमलव ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको छ । त्यसैगरी सरकारले तय गरेको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने गरी आवश्यक मौद्रिक व्यवस्थापन पनि गरिएको गभर्नर नेपालको जानकारी दिए ।

कर्जा प्रवाहको सीमा पनि मौद्रिक नीतिमा प्रक्षेपण गरिएको छ । आन्तरिक कर्जा विस्तार २२ दशमलव ५ प्रतिशत र निजी क्षेत्र तर्फको कर्जा वृद्धि २० प्रतिशतसम्म राख्ने प्रक्षेपण गरिएको हो ।

बैंक तथा वित्तिय संस्थाहरुले कायम गर्नुपर्ने विद्यमान अनिवार्य नगद अनुपात वाणिज्य बैक, विकास बैंक र वित्त कम्पनीका लागि सबैले ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

मौद्रिक नीतिमा भारतबाट ८ करोड भन्दा बढिको बस्तु आयात गर्दा अनिवार्य रुपमा प्रतितपत्र खोल्नुपर्ने व्यवस्था गरिएको छ । यस अघि यो व्यवस्थालाई अनिवार्य गरिएको थिएन ।

त्यसैगरी वाणिज्य बैँकहरुले एक महिनासम्मको लागि एकमुष्ट सुन खरिद गर्न पाउने व्यवस्था पनि गरिएको छ । वाणिज्य बैँकहरुले सुन आयात गर्न तोकिएको सीमा भित्र रही एक महिनासम्मको आयात गर्न पाउने व्यवस्था गरिएको पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);