सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा छलफल

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा मन्त्रीहरुसँग सामूहिक छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका विषयमा सबै मन्त्रालयले आजै बुझाएको कार्ययोजनामाथि छलफल सुरु गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सम्बन्धि मन्त्रीहरुले पेश गरेको कार्ययोजनामाथि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने गरी छलफल सुरु गरिएको सरकारको प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आगामी श्रावण १ गतेदेखि लागू हुने सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको स्पष्ट कार्ययोजना बनाउन सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सोही निर्देशन अनुसार सबै मन्त्रालयले आजै प्रधानमन्त्री ओलीलाई आफ्नो कार्ययोजना बुझाएका छन् ।

सोही कार्ययोजनामाथि छलफल भईरहेको प्रवक्ता बास्कोटाले जानकारी दिए । प्रधानमन्त्री ओलीले यस अघि नै सबै मन्त्रालयलाई कार्यान्वयन प्रक्रियासहितको विस्तृत कार्ययोजना तय गरी आफूलाई पेश गर्न सबै मन्त्रालयलाई निर्देशन दिएका थिए । छलफलमा सबै मन्त्रालयका सचिवहरुको पनि उपस्थिति रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);